बुधबार, जेठ १, २०८२

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

नेपालखोज २०७८ मंसिर १ गते १०:२०

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उनी नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ गएका हुन् ।

मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।

मंगलबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो । तस्बिर रासस

प्रतिक्रिया