बुधबार, जेठ १, २०८२

सुन ५ सय रूपैयाँले घट्याे, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ मंसिर १ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन ५ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया