मविरुद्ध दुस्प्रचार गर्नेहरुले हद नाघे : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू विरुद्ध दुस्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आज गणेशमान सिंह स्मृति फाउण्डेसने आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफू विरुद्ध टिप्पणी गर्नेहरु असव्य भएको उल्लेख गरे ।


प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनि दिएको अभिव्यक्तिप्रति जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।


नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफू विरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियत बस हुन थालेको भन्दै कडा आक्रोश पोखे । आफू १२औं महाधिवेशनमा सभापति शुशिल कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न अनुरोध गरे ।


नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे । आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए ।
प्रतिक्रिया