अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभाव, ६ वटा प्रदेशमा आंशिकदेखि सामान्य बदली
नेपालखोज
२०७८ मंसिर २ गते ६:०६

काठमाडाैं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेकाे र बाँकी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
आज राती प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा माैसम विभागले जनाएकाे छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया