बुधबार, वैशाख १२, २०८१

अब स्मार्टफोन किन्दा पाइने छैन चार्जर र इयरफोन

नेपालखोज २०७८ मंसिर २ गते ६:३७

काठमाडाैं । यो समाचार सबैका लागि आश्चर्यजनक र केही दिक्क बनाउने खालको छ । समाचार अनुसार अब स्मार्टफोन निर्माता कम्पनीहरुलाई सन् २०२४ सम्ममा फोन बक्सबाट चार्जर हटाउन बाध्य हुने बताएकाे छ ।

यो कुरा एउटा नियम अन्तरगत लागु हुँदैछ । युरोपियन युनियनले केही समय पहिले स्मार्टफोन तथा अन्य डिभाइसहरुमा एउटै चार्जरले काम गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको थियो ।

सुन्दा अचम्म लागे पनि वा सबै डिभाइसमा एउटै चार्जर प्रयोग हुनु ठिकै जस्तो लागे पनि यसले उपभोक्ताहरुको खल्ति हल्का बनाउने पक्का छ ।

समाचार अनुसार एप्पल र सामसुङ जस्ता कम्पनीले आईफोन १२ तथा ग्यालेक्सी एस २१ सीरिजका फोनमार्फत फोन बक्समा चार्जर दिन बन्द गर्ने कामको सुरुवात गरिसकेको पनि बताइएको छ ।

एप्पलले आइफोन ११ नै पनि बिना चार्जर बेचिरहेको छ । एप्पल र सामसुङले ई-वेस्टमा कटौती गर्न पनि फोन बक्सबाट चार्जरलाई हटाइरहेका छन् ।

युरोपको नयाँ कानुन लागु भए स्मार्टफोन, ई-बुक रिडर, वायरलेस चार्जर, वायरलेस ईयरबड्स, पोर्टेवल स्पीकरसहित चार्जर आवश्यक हुने सबै प्रकारका ग्याजेट प्रभावित हुने छन् ।

सामसुङको ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस तथा ग्यालेक्सी एस २२ अल्ट्रा बिना चार्जर नै बजारमा आएका छन् । त्यति मात्र होइन यी फोनमा इयरफोन पनि दिइँदैन ।

यसैगरी आईफोन ११ लन्च हुँदा त्यसमा चार्जर उपलब्ध गराइए पनि अहिले यो फोन खरिद गर्दा चार्जर दिइँदैन , ग्राहकले अलग्गै चार्जर खरिद गर्नुपर्छ ।

यसले उपभोक्तामाथि थप भार थपेकाे छ। अर्का तिर यसले सर्वसाधारण उपभोक्तालाई कुनै असर नगर्ने पनि बताइँदैछ किनभने जुन फोनबाट चार्जर हटाइएकोछ ती फोन सर्वसाधारणले प्रयोग गर्ने फोन होइनन् ।

यदि किफायती फोनहरुमा पनि चार्जर नदिइने हो भने चाहिँ सबैलाई समस्या हुनसक्छ । जसरी फोन निर्माता कम्पनिहरुले फोनबक्समा चार्जर दिन छोडेका छन् ठीक त्यसै गरी केहि समयदेखि फोनबक्समा इयरफोन पनि राख्न बन्द गर्न थालिएको छ ।

अहिले धेरै जस‍ो फोन बिना इयरफोन नै बेचिन्छ । अब के मात्र हेर्नुछ भने सन् २०२४ सम्ममा चार्जरमा एकरुपता ल्याइ इवेस्ट कम गर्ने युरोपियन युनियनको नियमलाई कुन-कुन देश र कम्पनीहरुले पालन गर्नेछन् ।

प्रतिक्रिया