डोजर पल्टिदा चालकको मृत्यु
नेपालखोज
२०७८ मंसिर २ गते ८:२८

देउखुरी । बंगलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।
सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी दिए ।
बंगलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो । रासस
सम्बन्धित
प्रतिक्रिया