बुधबार, जेठ १, २०८२

२५ प्रतिशतसम्मले बढ्याे बनारसी सारीको मूल्य

नेपालखोज २०७८ मंसिर २ गते ११:३६

काठमाडाैं । बढ्दो महँगीको मारले विवाह सिजन अघि दुलहीले लगाउने सु-प्रसिद्ध बनारसी सारीलाई सिकार बनाएको छ । नेपालमा समेत उत्तिकै लोकप्रिय र विवाहमा दुलहीको शोभा मानिने बनारसी सारी खास गरी भारतको उत्तर प्रदेशमा पर्ने प्रशिद्ध धार्मिक सहर वाराणसी वरपर तयार गरिन्छ ।

यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र पनि हो । समाचारअनुसार त्यहाँका बुनकरहरुले महापञ्चायत ब‍ोलाएर आफ्नो मजदुरी र सारीको मूल्य बढाउने निर्णय गरेका छन् ।

वाराणसीको नाटी इमलीस्थित बुनकर क‍‍ोलोनीमा सम्पन्न बुनकर महापञ्चायतमा बुनकरहरुको मजदुरीमा २० प्रतिशत तथा बनारसी सारी र अन्य वस्त्रको मूल्यमा २५ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय लिइएको हो ।

उक्त महापञ्चायतलाई सफल बनाउन बुनकर मजदुरहरुले एक दिनका लागि तानको काम तथा कारखाना बन्दसमेत गरेका थिए । उक्त महापञ्चायतमा बुनकरहरुका सबै सरदारका साथ मजदुरहरुका अगुवा मन्चमा आसिन थिए जसले सर्वसम्मतिले यो मूल्य वृद्धिको फैसला गरेका हुन् ।

उक्त अवसरमा सरदार मकबूल हसनले बुनकरहरुको पेट पाल्न गारो भएको र सारी बुन्ने पेसाबाट पलायन रोक्न बाध्य भएर यो निर्णय गरिएको कुरा बताए ।

No description available.

प्रतिक्रिया