के तपाईंलाई थाहा छ OK काे अर्थ ?

नेपालखोज २०७८ मंसिर २ गते १४:४५

काठमाडाैं । चाहे फोनमा कुराकानी होस् वा म्यासेज या च्याट हामी ‘OK’ शब्दको निकै प्रयोग गर्छाैं । दुई अक्षरको यो शब्‍दको प्रयोग नभएको दिन हुँदैन भने पनि हुन्छ ।

OK एउटा शब्दले पुरा वाक्‍य कै काम पनि गरिरहेको हुन्छ । यो आम बोलीचालीको शब्‍द बनिसकेको छ भने, यो सबै जसो भाषामा घुलमिलसमेत भएको छ ।

यद्यपि हामीमध्ये कतिपयलाई यो शब्दको फुल फर्म थाहा नहुन सक्छ । आउनुहोस् एक छिन यो शब्दको उत्पत्ति र यसको अर्थ बुझाैं । OK अंग्रेजी भाषाको निकै कमन शब्द (वर्ड )मध्ये एक हो ।

यसकाे प्रयोग एक्‍सपटेन्स, एग्रीमेन्ट, अप्रूवल जस्ता कैंयन कुरामा गरिन्छ । OK काे अर्थ हो , ‘Olla Kalla’ । यो एक ग्रीक शब्‍द हो, जसकाे अर्थ हुन्छ ‘All correct’ । OK शब्‍दकाे जन्‍म १८२ वर्ष पहिले भएको हो । यसको सुरूवात अमेरिकी पत्रकार चार्ल्‍स गोर्डोन ग्रीनको अफिसबाट भएको बताइन्छ ।

१८३९ ताका लेखकहरु जानीबुझी शब्‍दहरुलाई परिवर्तन गर्थे । त्यतिबेला पनि प्‍लेफुल एम्बियन्सकाे प्रयोग हुन्थ्यो जसरी हिजो-आज हामी LOL, OMG जस्ता शब्द प्रयोग गर्छाैं ।

OK काे प्रयोग सबैभन्दा पहिले ‘Oll Korrect’ का रुपमा भएको थियो । त्यो ग्रामर माथि लेखिएको एउटा व्‍यंगात्‍मक लेख थियो जुन बोस्‍टन मर्निङ पोस्‍टमा १८३९ मा प्रकाशित भएको थियो ।

त्यो ट्रेन्ड पछि OW जस्ता शब्‍द पनि प्रयोगमा आए जसको अर्थ oll wright वा all right नै हुन्थ्यो । त्यस पछि OK काे प्रयोग चुनावपी नाराका रुपमा गरियो । १८४९ मा अमेरिकी राष्‍ट्रपति Martin Van Buren कको री- इलेक्‍शन क्याम्‍पेनमा ओके शब्‍द प्रयोग गरिए पछि य‍ो पुरै संसारमा प्रचलित भयो ।

वास्तवमा न्‍यूयाेर्कको किन्डरहुडमा जन्मिएका Van Buren काे उपनाम Old Kinderhook थियो । उनका समर्थकहरुले चुनाव प्रचारका क्रममा ‘OK’ काे प्रयोग गरे अनि पुरै देशलाई ‘OK Clubs’ मय बनाए ।

त्यसपछि ओके एउटा डबल मीनिङ शब्दमा परिणत भयो , Old Kinderhook र All Correct दुवै । Huffpost को रिपोर्ट अनुसार, OK शब्द एङलो इन्डियनहरुको Choctaw शब्द okeh बाट आएको हो ।

यो शब्द अफ्रीकाको वोलोफ भाषाबाट लिइएको पनि बताइन्छ । OK शब्दको उत्पतिलाई लिएर अलग-अलग तर्क र दाबाहरु छन् अनि त्यसमा केही मतभेद पनि छ ।

Smithsonian म्यागजीनको एक लेख अनुसार, OK शब्दको उत्पत्ति १९औं शताब्दीको सुरूवात तिरै भएको थियो । OK शब्द ‘All Correct’ का लागि प्रयोग गरिए पनि यो शब्द लाई पछि गएर ‘Oll Korrect’ बनाइयो ।

त्यसपछि यो शब्द AC बाट OK भयो । कतिपयले के पनि भन्छन् भने सही शब्द Okay हो तर मानिसहरु गलत ढंगले OK काे प्रयोग गर्छन् ।

प्रतिक्रिया