सर्वोच्च परिसरमा प्रहरीको लाठीचार्ज, अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

नेपालखोज २०७८ मंसिर २ गते ११:५३

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया