३२ अंकले घट्दा ५ अर्ब २७ करोडको सेयर किनबेच

नेपालखोज २०७८ मंसिर २ गते १५:३१

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने ३२ दशमलव ३९ अंकले घटेर २७ सय ६९ दशमलव १३ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २५ अंकले घटेर पाँच सय २१ दशमलव १८ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ७० हजार ३७ पटकको कारोबारमा ९८ लाख ६२ हजार नौ सय ४० कित्ता सेयर किनबेच हुंदा कुल सेयर कारोबार रकम छ अर्ब २७ करोड १८ लाख ६७ हजार दुई सय ३० रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव १९ अंकले घटेर १८ सय २८ दशमलव ५९ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ९३ दशमलव २८ अंकले घटेर ३१ सय ९० दशमलव ७८ अंकमा झरेको छ ।

निर्जिवन बीमा समूहको सूचक पनि दुई सय चार दशमलव ३५ अंकले घटेर १२ हजार चार सय १४५ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय २७ दशमलव ४६ अंकले घटेर १५ हजार एक सय १७ दशमलव ७० अंकमा झरेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेकाछन् ।

नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय ९५ रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा मैलुङ खोला जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव तीन प्रतिशतले घटेर पाँच सय ४८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ७८ रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड २४ लाख ८० हजार तीन सय ५८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया