काबुलमा अफगान सुरक्षा बलद्वारा आईएस लडाकु मारिए
नेपालखोज
२०७८ मंसिर २ गते १७:२१

काबुल । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आईएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्,’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् ।
बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशती बर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित छ जना घाइते भएका थिए ।
काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया