‘महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म कस्मेटिक सहभागीतामा मात्रै सीमित’

काठमाडाैं । पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता ‘कस्मेटिक सहभागीता’ मा मात्रै सीमित हुने बताएका छन् ।
राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागीतालाई अर्थपुर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् ।
राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागीताका विषयमा संञ्चारीका समूहले बिहीबार काठमाडाैंमा गरेको कार्यक्रममा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु ‘कस्मेटिक सहभागीता’ मात्रै हुने टिप्पणी गरे । उनले साँस्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभुत हुन नसक्ने बताए
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मूल्य-मान्यताबाट स्खलित हुदै गएकाले महिलाहरु राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतीपुर्ण बन्दै गएको बताए ।
महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उनले संख्या थपेर महिला सहभागीता गराएको भन्न नमिल्ने तर्क गरे ।
नेता पाण्डेले पदाधिकारी र अन्य निर्णयक तहमा महिला सहभागीता वृद्धिका लागि निरन्तर अभिमुखिकरण गर्नु आवश्यक रहेको बताए ।
प्रतिक्रिया