बुधबार, जेठ १, २०८२

राष्ट्रहित र जनहितमा काम गर्न प्रतिवद्ध छु : मन्त्री श्रेष्ठ

नेपालखोज २०७८ मंसिर २ गते १८:१८

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दे मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको भन्दै तल्ला स्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफू लागिरहेको बताइन् ।

उनले पत्रकारजगतले सहि सुचना संप्रेषण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउने भन्दै अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना संप्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउनसमेत आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पुरा हुन नदिन यस अघि जस्तै गरी सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोडसमेत दिइन् ।

प्रतिक्रिया