आइतबार, जेठ ६, २०८१

विशेष विमान, जहाँ आकाशमै रोमान्स गर्न पाइन्छ !

नेपालखोज २०७८ मंसिर ३ गते ८:३०

काठमाडौं । अमेरिकाको लस भेगासमा धनीहरुका लागि एउटा लग्जरी सुविधा सञ्चालनमा छ । जसमा एक कम्पनीले धनी जोडीहरुलाई आकाशमै र‍ोमान्स गर्ने अवसर प्रदान गर्छ । ‘लभ क्लाउड जेट चार्ट’ नामको उक्त कम्पनीले केवल ४५ मिनेटको यो सेवाका लागि ९९५ अमेरिकी डलर शुल्क लिन्छ ।

पाइलट एन्थोनी ब्लेक यो ट्विन-इन्जिन सेसनालाई बिनाकुनै लक्ष हावामा यताउता दौडाउँछन् र त्यतिबेलासम्म उनका यात्री भने विमानक‍‍ो पछिल्लो भागमा इन्जोय गरिरहेका हुन्छन् । न्युनतम ४५ मिनेटक‍ो यो हवाई यात्रालाई थप पैसा दिएर डेढ घण्टासम्मको बनाउन सकिन्छ ।

यसमा यात्रा गर्ने जोडीले प्लेन टेकअफ गरेको दुई मिनेटपछि सीट बेल्ट हटाउन सक्छन् । यो विमानमा बेडसमेत उपलब्ध गराइन्छ। विमानका पाइलट एन्थोनी ब्लेकका अनुसार यो सिंगल पाइलट विमान हो र यात्राका दौरान उनि ककपिटबाट बाहिर निस्कन सक्दैनन् । क्याप्टेन टोनी भन्छन्- मलाई सेक्स मनपर्छ तर हवाई उडान अझ बढी मनपर्छ ।

क्याप्टेन टोनीले दिएको जानकारीअनुसार यो विमानमा एक साथ ६ जना उड्न सक्छन् । अहिलेसम्म यो सेवा लिनेमा नवविवाहित जोडीका अतिरिक्त वृद्धहरुसम्म रहेको उनले जानकारी दिए । लभ क्लाउडको यस्तै उडान लगभग सात वर्षदेखि नेवादामा पनि चलिरहेको छ । यो सेवामा रोमान्टिक रात्रिभोजदेखि इन-एयर म्यारिजसम्म सामेल छ ।

पाँच महिनापहिले मात्र लस भेगासमा यो सेवा सुरु भएको हो । पाइलट एन्थोनी भन्छन्- म त यात्रुहरुको मोज-मस्तीमा चाहेर पनि सरिक हुन सक्दिन किनभने मैले ककपिट छोडन मिल्दैन ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया