शुक्रबार, जेठ ३, २०८२

उद्घाटन खेलमा ललितपुरका दुई र सातदोबाटो युथ क्लबसँगै फ्रेन्ड्स क्लब खेल्दै

नेपालखोज २०७८ मंसिर ३ गते ७:१६

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाडाैंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको हो । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । डिभिजन ‘बी’ को उपाधि विजेता सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

प्रतिक्रिया