शनिबार, वैशाख १३, २०८२

५८० वर्षपछि आज लामो चन्द्र ग्रहण लाग्दै

नेपालखोज २०७८ मंसिर ३ गते १०:०३

काठमाडौं । आज (शुक्रबार) शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै छ । वैज्ञानिकहरुले ५ सय ८० वर्षपछि पहिलोपटक लामो खण्डग्रास चन्द्र ग्रहण लाग्ने जनाएका छन् । सन् २०२१ को यो अन्तिम चन्द्र ग्रहण पनि हो ।

तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो ग्रहण लाग्दा आज दिउँसो एक बजे चन्द्रमाको लगभग सबै भाग कालो हुनेछ । आज लाग्ने चन्द्र ग्रहण नेपाल, भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, अफगानिस्तान, युरोप, अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशबाट देखिनेछ ।

हिन्दु ज्योतिष शास्त्रअनुसार चन्द्र ग्रहणलाई महत्त्वपूर्ण धार्मिक दृष्टिकोणले लिने गरिन्छ । राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । खगोल विज्ञानले भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया