सुनचाँदीकै मूल्य सामान्य घट्याे

नेपालखोज २०७८ मंसिर ३ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन १ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया