बुधबार, जेठ १, २०८२

एमाले महाधिवेशन : अध्यक्षमा ओलीलाई नै सर्वसम्मत चयन गर्ने

नेपालखोज २०७८ मंसिर ३ गते १८:५०

काठमाडौं । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतीले भए अध्यक्षमा ओली नै चयन हुने बताए । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरुको जोड रहेको तर्कसमेत गरे ।

सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमती मै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरु जो कोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उनले स्पष्ट पारे ।

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।

प्रतिक्रिया