६,७४३ वडामा नेतृत्व चयन गर्दै माओवादी

नेपालखोज २०७८ मंसिर ४ गते ८:५८

काठमाडौं । नेकपा माओवादीले आज (शनिबार) एकै दिन ६ हजार सात सय ४३ वडामा नेतृत्व चयन गर्दै छ । काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णयअनुसार आज वडामा नेतृत्व चयन गर्न लागेको हो ।

वडा सम्मेलनपछि मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन गर्ने माओवादीको तयारी छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।

राष्ट्रिय सम्मेलनको तयारीअन्तर्गत माओवादीले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाएको छ । निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार पार्टी सदस्य अब करिब आठ लाख पुगेको जनाएका छन् ।

प्रतिक्रिया