आक्रमणपछि कांग्रेस रुपन्देहीको एउटा क्षेत्रको मतगणना स्थगित
नेपालखोज
२०७८ मंसिर ४ गते ११:०९

रुपन्देही । भैरहवामा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनास्थलमा एक समूहले अर्को समूहमाथि आक्रमण गरेको छ । आक्रमणका क्रममा पाँचजना घाइते भएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को मतगणना भइरहेका बेला गएको मध्यराति केही युवाहरूले आक्रमण गरेका थिए । रामचन्द्र पौडेल पक्षको प्यानलले अग्रता लिँदै गरेको बेला केही युवाहरू मतगणनास्थलमा छिरेर आक्रमण गरेका थिए ।
आक्रमणपछि मतगणना स्थगित गरिएको छ । घाइतेमध्ये शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । ४ जना घाइतेको भिम अस्पताल भैरहवामा उपचार भइरहेको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया