सहिद स्मारक ‘ए’ डिभिजनमा आज दुई खेल हुँदै,पहिलो खेल जारी

नेपालखोज २०७८ मंसिर ४ गते १२:३५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (शनिबार) दुई खेल हुने भएको छ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् । दिउँसो १ बजेदेखि खेल सुरु भएको छ । यस्तै दोस्रो खेल साँझ पाँच बजे थ्री स्टार र च्यासल युथ क्लबबीच हुने छ ।
शुक्रबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबको आबद्धता छ ।

प्रतिक्रिया