मंगलबार, वैशाख १६, २०८२

नबिल बन्यो १८औं हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनर

नेपालखोज २०७८ मंसिर ४ गते १२:३२

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा भइरहेको मेलाको आधिकारिक बैंकिङ पार्टनर बनेको छ ।

३ मंसिरदेखि ५ मंसिरसम्म हयात रिजेन्सी होटेल काठमाडौंमा हुने १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।

नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्षसमेत नबिलले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिलको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोणअनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंककोरुपमा नबिलको प्रतिबद्धतालाई झल्काउँछ ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ पार्टनरका रुपमा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरेको बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख बस्नेतले बताए । साथै, यस वर्ष कोभिड-१९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनरुत्थान गर्न आर्थिक पहुँच पुर्‍याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुनेसमेत बस्नेतले बताए ।

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रियस्तरका व्यापार मेलाहरुमा महासंघसँग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तररुपमा गरी आएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई ऊर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक थापाले बताए । साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया