मौलिक परराष्ट्रनीति बनाउनुपर्नेमा परराष्ट्रमन्त्री खड्काको जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एसियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अवलम्बन गरेका नीतिहरुका आधारका साथै विश्व परिवेशमा आएको फेरबदल तथा भूराजनीतिक अवस्थाअनुसार राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको उनले उल्लेख गरे ।
विश्वका शक्ति राष्ट्रहरुबीचको होडबाजीका कारण परराष्ट्र नीतिलाई रणनीतिक र सन्तुलित ढंगबाट अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी तेस्रो मुलुक तथा छिमेकी मुलुक भारत र चीनको समृद्धिबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया