भुटानको जमिनमा चिनियाँ गाउँ !

काठमाडौं । भारतले कालापानीमा नेपाली भूमिमाथि अनाधिकृत दाबी त गरेकै छ, थप नयाँ क्षेत्रमा पनि भारतको गिद्दे नजर देखिन्छ । साना र कमजोर छिमेकीमाथि बल मिच्याइ गर्ने कुरामा भारत जसरी अगाडि छ, त्यसैगरी अर्को छिमेकी चीन पनि कम छैन् ।
चीनले नेपाली भुभागमा गाउँ बसाएको चर्चा र विवाद टुंगिन नपाउँदै भुटानबाट यस्तै प्रकृतिको अर्को खबर आएको छ । चिनियाँ सेनाको गतिविधिमाथि नजर राखिरहेका एक स्याटेलाइट इमेजरी विशेषज्ञले केहि तस्वीर ट्वीट गर्दै चीनले भुटानि सिमाभित्र नयाँ गाउँहरु बसाएको दाबी गरेका छन्। ट्वीटमा बताईएअनुसार बितेको १ वर्ष यता भुटानको सिमावर्ती क्षेत्रको १०० वर्ग किलोमीटरभित्र केही नयाँ गाउँ देखिएका छन्।
द इन्टेल ल्याब नामक संस्थाका अनुसार डोक्लाम नजिक भुटान र चीनबीचको विवादित जमिनमा २०२०-२१ बिच नयाँ निर्माणहरु भएको पाइन्छ । अहिले भुटानमाथि चीनले लगातार दबाव सृजना गरिरहेको बताइन्छ । चीन भुटानसँगको आफ्नो सीमानालाई पुन परिभाषित गर्न चाहन्छ । यसका लागि यी दुबै देशबीच छलफल पनि भएको छ ।
यद्यपी, त्यो छलफलको नतिजा सार्वजनिक भएको छैन्। के पनि भनिदैछ, भने भुटान र चीनको विवादित क्षेत्रमा भएको चिनियाँ निर्माण त्यही छलफल र निष्कर्षको परिणाम हो । द इन्टेल ल्याब भन्छ- यी नयाँ गाँउ मई २०२० देखि नोमेम्बर २०२१ बिच बसाइएका हुन्।
प्रतिक्रिया