विष्णु रिमाललाई सामाजिक सन्जालमा टिप्पणी- हुँडारदेखि बैगुनीसम्म

नेपालखोज २०७८ मंसिर ५ गते ९:२४

काठमाडाैं । मजदुर संगठनको निर्माण हुँदै राजनीतिको मुल प्रवाहमा आएका विष्णु रिमाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार थिए । नेकपा एमालेभित्र ओली गुटका ‍दह्रो स्तम्भ मानिने रिमाल संगठन खासगरी श्रमजीवीहरुमा राम्रो पकड भएका नेता मानिन्छन् । रिमाल सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय छन् । यसमा उनी बहस-छलफल आदि पनि गरिरहेका हुन्छन् भने साथमा केपी ओली र एमालेको प्रचार पनि भ्याइरहेका हुन्छन् । सामाजिक सन्जालमा रिमालकाे निजी जीवन भने प्रकट हुँदैन ।

यद्यपि उनले आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्दा त्यसमा आउने टिप्पणीहरु भने व्यक्तिगत नै हुन्छन् । युवा नेता रिमालले केही समयअघि आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेका थिए, जसमा ५२ सयले लाइक अनि चार सय पचासभन्दा बढीले कमेन्ट गरेका छन् ।

हेराैं रिमालका बारेमा मानिसहरु के भन्छन् ? उनकै फेसबुकको कमेन्ट बक्सबाट चुनिएका केही कमेन्ट :

संगिना बैध – स्टे शेफ दाइ ।

ऋषि तिवारी – स्टे शेफ एन्ड वि हेप्पि दाइ ।

दीपक पाठक – यु आर अलवेज हिरो हजुर ।

नवराज पाठक – गलत सल्लाह दिएर पार्टीको यो हालत बनायौ ।

जमुना गजुरेल – एउटा असल कम्युनिस्ट बन्नुस् ।

रामजी नेपाल – पावरफुल अनि प्रधानमन्त्रीको नजिकको भएर नि आफ्नो जिल्ला नुवाकोटमा सपना जस्तै असम्भव गर्ने अनि आफ्नै गाउँ चारघरेमा समेत माखो नमार्ने नेता ।

जानकी जानकी – खड्ग प्रसादको अगाडि चुँसम्म बोल्न नसक्ने तपाईं गलत मानिस हो, पार्टीलाई यो हालतमा सल्लाह दिन सक्नुभएन, सल्लाह दिएको र नमानेको भए प्रतिगामीको मा पुर्याउन तपाईंको पनि ठूलो हात छ, समयमै गलत कुरामा लाग्न पनि हुँदैनथ्यो ।

पदम बुढाथोकी – बालुवाटारको सबैभन्दा खराब सल्लाहाकार ।

सुवर्णराज गिरी- थकाइ र अल्छी खाेपामा राखेर राताे दिन राष्ट्र अनि पार्टीमा जुटिरहेको नेपाल आमाकाे असल सन्तान ।

दुर्गादत्त कँडेल- अनुहारको भन्दा तर्क शक्तिको सुन्दर भन्डार ।

तिलक दाहाल- नेपालका अहिलेसम्मका प्रधानमन्त्रीको सल्लाहकार मध्येमा सबैभन्दा गद्दार, असक्षम सल्लाहकार जसले बामपंथी एकतालाइ चिरा-चिरा पार्न आफ्नै पार्टीका सहयोद्धालाई अपमान, अहंकार, दम्भ देखाउन प्रधानमन्त्रीलाई सल्लाह दिनुभयो र बामपंथी आन्दोलनलाई सखाप पर्नुभयो । आज दक्षिण पन्थी अवरबादिहरुलाई फेरि यो देशको भविस्य सुम्पन लगाउँदै हुनुहुन्छ।

दधिराम गेलाल- अब कसरी फेरि समाजवादीको नामबाट राज गर्ने दिव्य सोच, कसलाई कहाँ टाँस्ने र च्यात्ने योजना होला ?

श्रवण कुमार- सुर्य थापा र यीनको थोपडा देख्यो कि मेरो दिन नै बिग्रन्छ ।

रत्न दुर्गा बहादुर- तपाईं एमालेमा सबैभन्दा प्रतिभाशालि व्यक्तित्व हो भन्ने सुने, यो सबै मिलाउनु न कामरेेड ।

गगन क्षेत्री- जिउँदै रहेछ त यो जालिम ।

निराेज राेकाया- उल्टो बाटो हिड्न सल्लाह दिने हुतिहारा सल्लाहकार !!

भरत बहादुर विस्ठ- दुई तिहाइको प्रमुख विलयकार ।

दिपक भट्टराई- केही थान दासहरु हेर्न फेसबुकमा आए हुन्छ । सागर अधिकारी नेकपा एमाले र देश अहिलेको अवस्थामा आउनुको एउटा प्रमुख कारण, एक पत्रु सल्लाहकार ।

भक्त राज पान्डे- गलत सल्लाह दिएर पार्टीको यो हालत बनायौ ।

विस्नु हरि तिमिल्सिना- चेहरा दार्सनिकका जस्तो छ । पार्टी भित्रको भुमिका पनि स्वाभाविक अनि सान्दर्भिक नै देखिन्छ । भविष्य राम्रै होला झै लाग्छ । बाँकी यात्रा पनि सन्तुलित ढंगले अगाडि बढाउन शुभकामना छ ।

एनबिर थापा- अग्लाे चरीकाे हाेचाे ऊडान ।

गणेश ढकाल- आशालाग्दो नेता ।

वालकृष्न केसी- बैगुनी ।

शन्तोष मिश्र- यी बुढा अहिले केही बोलेको सुनिदैन त ? देव अनुहार हेर्दै घाति-घाति परेको । कृष्ण बन्धु- यो हँसिलो मुहारले शुभ सङ्केत गरेको पुष्टि होस् !

जिबी न्योपाने- हल्लाकार, गलत निर्णायक ।

केशव तामाङ- नुवाकोेटे जानतको आश लग्दो नेता ।

गणेश पाैडेल- विद्वान नेता ।

परविन्द्र धामी- शालीन व्यक्तित्व ।

तुलसीराम भुषाल- गलत सल्लाहकार ।

पेम्बा योन्जन तामाङ- हुँडार ।

इन्द्र न्याैपाने- हनुमान ।

अन्य……. handsome daju, Wonderful Personality Dai, Looking great !, हार्दिक अभिवादन कमरेड, Always Hero!, Evergreen daju, शानदार, हिरो साथी, smart looking ।

प्रतिक्रिया