सुन ७ सय रूपैयाँले घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ मंसिर ५ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन ७ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया