भीम रावलले गरे एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा
नेपालखोज
२०७८ मंसिर ५ गते १६:२९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।
पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन् ।
त्यस्तै, रावलले पार्टी कार्यालय थापाथलीबाट उमेदवारी घोषणा गर्न नपाएको पनि गुनासो गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया