बुधबार, फागुन ९, २०८०

‘नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक’

नेपालखोज २०७८ मंसिर ५ गते १८:३१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताएका छन् । अध्यक्ष ओलीले भूगोल प्रकृति अनुकूल भएकाले नेपालले खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताए ।

पार्टी निकट नेपाल खेलकुद महासंघले आईतबार काठमाडौंमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’ मा बोल्दै उनले खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गरे । अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यवहारिक र उन्नतस्तरको हुनुपर्ने बताए ।

एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उनले बताए । अध्यक्ष ओलीले एमालेले हयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने संस्कृरिेक क्षेत्रको विकासका लागि सही नीति लिएको दावी समेत गरे । उनले नीति सही भएपनि त्यसको कार्यान्वतको उखान जस्तो हुन पुग्नेतर्फ पनि सचेत गराए ।

अध्यक्ष ओलीले खेलका तरीका र शिक्षाहरुलाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरुलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गरे । अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले खेलाडीहरुको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरुको संख्या बढाउन जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया