‘ए’ डिभिजन लिग : मनाङको विजयी सुरुआत

काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
लिग अन्तर्गत भोलि दुई खेलहरु हुनेछ । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया