बिहीबार, जेठ २, २०८२

अफगानिस्तानमा मानवीय संकट बढ्दै, चीनले खाद्यवस्तु पठायो

नेपालखोज २०७८ मंसिर ६ गते १०:३९

काठमाडा

काठमाडौं । तालिबानले सत्ता कब्जा गरेसँगै पछिल्लो समय अफगानिस्तानमा मानविय संकट बढेको छ । वर्तमान तालिबान नेतृत्वको सरकारले मानविय संकट हटाउन विभिन्न देशसँग सहयोग मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैक्रममा चीन सरकारले अफगानिस्तानलाई मानवीय सहायताका लागि भन्दै विभिन्न खाद्य–सामग्री पठाएको छ । चीनले एकहजार टन कृषि उत्पादनका सामान मानवीय सहायताका लागि रेलमार्फत अफगानिस्तानलाई पठाएको हो ।

चीनले रेलमा पठाएको सहायता सामग्री अफगानिस्तान पुग्न १२ दिन लाग्ने जनाइएको छ । सन् २०२१ देखि चीनले अफगानिस्तानमा २६ हजार टन कृषि उत्पादनका सामान मानवीय सहायताका लागि पठाएको जनाइएको छ ।

प्रतिक्रिया