नगरपालिकाले बनायो मटिहानीमा भब्य रंगशाला (६ तस्बिरमा)

नेपालखोज २०७८ मंसिर ६ गते १९:५१
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरीको मटिहानी नगरपालिकाद्वारा नवनिर्मित रङ्गशाला समुद्घाटन गर्दै ।

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेकी हुन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न जाँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

‘प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ’, राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वर्द्धन गर्न पर्दछ ।’

मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उनले चर्चा गरिन् । मुलुकको विकास र पहिचानमा खेलकुद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरीको मटिहानी नगरपालिकाद्वारा निर्मित रङ्गशाला समुद्घाटन गर्दै ।

यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको उनले बताए । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

महोत्तरीको मटिहानी नगरपालिकाद्वारा नवनिर्मित रङ्गशाला समुद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न आउने क्रममा सोमबार उपस्थित सर्वसाधारणलाई अभिवादन गर्दै ।

तस्बिरहरू रासस

प्रतिक्रिया