सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकका लागि काठमाडौंको कमलादीमा काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।
अब ग्राहकलाई छिटो-छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा सुरु गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ शाखा, १२३ एटीएम र ११३ शाखारहित बैंकिङ एकाइहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट सम्पूर्ण विश्व आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको हो ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआईकनै बैकिङ सुविधा प्राप्त गर्न सहजहोस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथा आस्बा सेवा, कार्डलगायत विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया