आइतबार, वैशाख १४, २०८२

ट्रेसले भन्यो- सबैभन्दा घुस्याहा देश उत्तर कोरिया

नेपालखोज २०७८ मंसिर ७ गते १८:४४

काठमाडाैं । संसारभर हुने घुसखोरीको अनुगमन गर्ने संस्था ट्रेस (TRACE) ले सन् २०२१ का सर्वाधिक घुस चल्ने देशको नाम सार्वजनिक गरेको छ । उसले सबैभन्दा कम घुस लेनदेन हुने देशहरुलाई पनि सूचीकृत गरेको छ ।

सबैभन्दा इमानदार देश यो सूचीअनुसार संसारका सबैभन्दा इमानदार देश हुन क्रमशः डेनमार्क, नर्वे अनि स्विडेन । यो सूचीकाे टप टेनमा पर्ने थप देश हुन् फिनल्यान्ड, न्यूजील्यान्ड, जर्मनी, नेदरल्यान्ड, स्विजरल्यान्ड, यूके तथा क्यानाडा ।

सबैभन्दा घुस्याहा देश ट्रेसको य‍ो सूचीमा उत्तर कोरियालाई संसारको सबैभन्दा भ्रष्ट देश बताइएको छ । त्यसपछि तुर्कमेनिस्तान तथा इरिट्रिया छन् ।

सर्वाधिक घुस्याहाको सूचीमा भएका अन्य देश हुन्- भेनेजुएला, सोमालिया, साउथ सुडान, यमन, इक्वेटोरियल गिनी, कम्बोडिया, सिरिया तथा चाड ।

हाम्रा छिमेकी देशहरू सन् २०२० मा ७७औं नम्बरमा भएको हाम्रो दक्षिण छिमेकी भारतको स्थिति अझ खराब हुँदै ८२औं नम्बरमा पुगेको छ ।

यसैगरी उत्तरी छिमेकी चीन भारतभन्दा पनि दुर्दशाको स्थितिमा छ । चीन यो सूचीको १३५औं स्थानमा छ । यसैगरी पाकिस्तान १९४ देशको यो सूचीको १५०औं नम्बरमा छ । संसारको महाशक्ति अमेरिका यो सूचीमा २३औं स्थानमा छ ।

प्रतिक्रिया