बिहीबार, जेठ २, २०८२

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा वर्षाकाे सम्भावना  

नेपालखोज २०७८ मंसिर ७ गते ६:००

काठमाडाैं । अहिले  नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो भने प्रदेश १,वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राती प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया