बिहीबार, जेठ २, २०८२

पीसीआर परिक्षण शुल्कमा एकरुपता कायम गर्न स्वास्थ्यमन्त्रीकाे निर्देशन

नेपालखोज २०७८ मंसिर ७ गते ७:०३

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारी तथा निजी संस्थाहरुमा पीसीआर परिक्षण शुल्कमा एकरुपता कायम गर्न निर्देशन दिएका छन् । सारकारी अस्पतालले लिनेभन्दा बढी निजीले लिने गरेकाे जन गुनासाेकाे आएकाेले यस्ताे नगर्न उनले निर्देशन दिएका हुन् ।

अहिले टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा एक हजार रूपैयाँ कायम रहेको छ । विदेश जानेहरुका लागि त्रिभुवन विमान स्थल परिसरमै निजी संस्थाले परिक्षण गर्दा १२ सय रूपैयाँ लिने गरेका छन् भने अधिकांश निजी अस्पतालले २ हजार वा साेभन्दा बढी लिने गरेका छन् ।

त्यस्तै उनले गंगालाल अस्पतालले पनि प्रतिव्यक्ति १७ सय रूपैयाँ लिने गरेकोमा तत्काल एक हजार रुपैयाँ कायम गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन पछि सो अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीलाई मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रीकाे निर्देशन तत्काल कार्यान्वयन गरी जनताप्रति उत्तरदायी बन्न र परिक्षण शुल्क घटाउन अनुरोध गरेका थिए । डा. अधिकारीले आवश्यक प्रक्रिया पुरा गरी बुधबारबाटै कार्यान्वयनमा ल्याउने जानकारी दिएका छन्

प्रतिक्रिया