एमालेको स्थायी कमिटीको बैठक बस्दै
नेपालखोज
२०७८ मंसिर ७ गते ७:५५

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने जनाइएकाे छ ।
हिजाे सोमबार नै बस्ने भनिएकाे बैठक तयारी नपुगेको भन्दै आज मंगलबारका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया