विराटनगर महानगरपालिकाले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने
नेपालखोज
२०७९ चैत ७ गते ६:४४

विराटनगर । विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।
नेपाललाई विश्वकप छनोटमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो ।
राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए ।
सम्बन्धित
प्रतिक्रिया