चालु आर्थिक वर्षको पहिलो त्रैमास बिमा कम्पनीहरुको लागि सुखद

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास बिमा कम्पनीहरुको लागि सुखद देखिएको छ । नेपाली बिमा क्षेत्रमा हाल ४१ वटा बिमा कम्पनीहरु सञ्चालनमा रहेको र ती मध्ये एकाध बाहेक सबैजसो बिमा कम्पनीहरुको खुद मुनाफा बढ्नुले पनि बिमा कम्पनीहरुको लागि पहिलो त्रैमास सुखद देखिएको हो ।
बिमा क्षेत्रमा १९ वटा कम्पनीले जीवन बिमा, २० वटा निर्जिवन बिमा र दुई वटा कम्पनीहरुले पुर्नबिमा सम्वन्धी कारोबार सञ्चालन गर्दे आएकाछन् । ति मध्ये हालसम्म ३५ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ति मध्ये सबैभन्दा बढी नाफा शिखर इन्स्योरेन्स कम्पनीले कमाएको छ ।
गत आवको पहिलो त्रैमासमा १२ करोड २३ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको शिखर इन्स्योरन्स कम्पनीले चालुु आवको पहिलो त्रैमासमा खुद मुनाफा बढाएर १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । त्यसैगरी प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले पनि गत आवको पहिलो त्रैमासमा १२ करोड सात लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएकोमा चालु आवको पहिलो त्रैमासमा यस्तो नाफा बढाएर १२ करोड २५ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ ।
सुर्या लाईफ र ज्योति लाईफले पनि चालु आवको पहिलो त्रैमासमा क्रमश ११ करोड ३५ लाख ९५ हजार र नौ करोड २२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि कम्पनीहरुको यस्तो नाफा क्रमश १० करोड १६ लाख १० हजार र सात करोड २२ लाख २२ हजार रुपैयाँ रहेको थियो । गत आवको पहिलो त्रैमासमा सात करोड ९० लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको प्रिमियर इन्स्योरेन्सले भने चालु आवको पहिलो त्रैमासमा आठ करोड १५ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा एक करोड १९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा एक करोड छ लाख ८७ हजार रुपैयाँ रहेको थियो । रिलायन्स लाईफ पनि चालु आवको पहिलो त्रैमासमा चार करोड १६ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ७३ हजार रुपैयाँ रहेको थियो ।
जनरल इन्स्योरेन्स कम्पनीले भने चालु आवको पछिल्लोा त्रैमासमा तीन करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा जनरलको यस्तो नाफा दुई करोड ३७ लाख ८५ हजार रुपैयाँ रहेको थियो । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालुु आवको पहिलो त्रैमासमा तीन करोड ३१ लाख ५८ हजार सात सय ७० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड नौ लाख २४ हजार पाँच सय ९४ रुपैयाँ रहेको थियो ।
नेपाल इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा पाँच करोड ९५ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत अवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा पाँच करोड ४५ लाख ४४ हजार रुपैयाँ रहेको थियो । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको पहिलो त्रैमासमा चार करोड ३६ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
नेको इन्स्योरेन्स कम्पनीले पछिल्लो अवधिमा सात करोड १९ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नेकोको यस्तो नाफा १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ रहेको थियो । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पनि चालु आवको पहिलो त्रैमासमा तीन करोड १९ लाख १५ हजार आठ सय १४ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा उक्त कम्पनीको यस्तो नाफा पाँच करोड ७९ लाख २६ हजार नौ सय ९६ रुपैयाँ रहेको थियो । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा तीन करोड ४४ लाख ७७ हजार दुई सय ७९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा दुई करोड ४१ लाख ९१ हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको पहिलो त्रैमासमा आठ करोड ६७ लाख ३९ हजार रुपैयाँ रुपैयाँ खुद मुनाफा कमाको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ११ करोड ८३ लाख ७१ हजार रुपैयाँ रहेको थियो । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले भने चालु आवको पहिलो त्रैमासमा नौ करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा एशियनको यस्तो नाफा साढे नौ करोड रुपैयाँ रहेको थियो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले पछिल्लो त्रैमासमा पाँच करोड ८२ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड ९३ लाख ४१ हजार रुपैयाँ रहेको थियो । यि बाहेक हिमालयन जनरल, सानिमा जनरल, एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स लगायतका कम्पनीहरुको पनि चालु आवको पहिलो त्रैमासिक नाफा सन्तोषजनक देखिएको छ ।

प्रतिक्रिया