नेप्से ३२ अंकले घट्दा चार अर्ब १६ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन सात दशमलव नौ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज भने पुन: ३२ दशमलव २९ अंकले घटेर २७ सय ३३ दशमलव १४ अंकमा पुगेको । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले घटेर पाँच सय १५ दशमलव ४८ अंकमा पुगेको छ ।
आज २२७ कम्पनीको ५३ हजार सात सय ६७ पटकको कारोबारमा ७४ लाख ४८ हजार तीन सय ६६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब १६ करोड ५८ लाख ९६ हजार पाँच सय ७८ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा अन्यबाहेक सबै समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव चार अंकले घटेर १८ सय ११ दशमलव १३ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय एक दशमलव पाँच अंकले घटेर १२ हजार दुई सय ४९ दशमलव चार अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ८९ दशमलव ५२ अंकले घटेर १४ हजार सात सय ७९ दशमलव ९८ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् । अन्य समूहको सूचक भने आज १९ दशमलव ९३ अंकले बढेको छ ।
नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ सय ९० रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८४ प्रतिशतले घटेर आठ सय १९ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १४ सय ५७ रुपैयाँ अन्तिम मूल्यमा ४१ करोड ५७ लाख २४ हजार ६३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया