विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलियाद्वारा सीमा खुला

नेपालखोज २०७८ मंसिर ७ गते १६:४४

काठमाडौं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरुले अब जाँदा के–कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरुलाई सतर्क गराउने लक्ष्यसहित पत्रकार सम्मेलन गरिएको बताए । उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताए ।

अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरुको हकमा भने सिओइ आएकाहरुले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै त्यसतर्फ सचेत रहन र हतारमा अपोइन्टमेण्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया