सचिव विष्टले भने – महाधिवेशनको सम्बन्धमा कुनै विवाद र अन्तरविरोध छैन

नेपालखोज २०७८ मंसिर ७ गते १६:५६

काठमाडौं । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् । मंगलवार नेकपा (एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए ।

उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले उल्लेख गरे । एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए ।

उनले भने, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’

त्यसैगरी नेकपा (एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ, सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले बताए ।

उनले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताए । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।

प्रतिक्रिया