तनहुँको दुवै क्षेत्रमा नयाँ नेतृत्व

दमौली । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट तनहुँ क्षेत्र नं १ को सभापतिमा श्याम मौराती र क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनानुसार ४८५ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका प्रतिस्पर्धी विश्व बाँस्तोलाले ४०२ मत प्राप्त गरे । पदाधिकारीमा मौरातीको प्यानल नै विजयी भएको छ । क्षेत्रीय सचिवमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । उनीहरुले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरे । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।
सह-सचिवमा युवराज आले र शैलेश खाती निर्वाचित भए । उनीहरुले क्रमशः ४७४ र ४३६ मत प्राप्त गरे । प्रतिस्पर्धी रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महाधिवेशन प्रतिनिधिमा खुला पुरुषतर्फ वैकुण्ठ न्यौपाने ५५९, रघुनाथ पौडेल ४९१, रामचन्द्र पोखरेल ४८०, दीपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुङ ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
खुला महिलातर्फ चिनु पोखरेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी विजयी भएका छन् । दलित खुलातर्फ डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुलामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी विजयी भएका छन् ।
आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ ५४० र आशा थापा ४०३ मत प्राप्त गरी विजयी भएका छन् । दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसंख्याकतर्फ खरसिं दरै ५०९ मत प्राप्त गरी विजयी भए । खसआर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा विजयी त्रिपाठी, श्रेष्ठ, थापा र गुरुङ बाँस्तोला प्यानलका तथा अन्य मौराती प्यानलका हुन् । यसैगरी तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । खनाल ४४७ मतसहित सभापतिमा विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे ।
पदाधिकारीमा खनाल प्यानल विजयी भएको छ । क्षेत्रीय सचिवमा जीवनचन्द ठकुरी ५१७ र सन्तोष घिमिरे ४८३ मत प्राप्त गरी विजयी भए । सहसचिवमा याम सारु मगर र चित्रबहादुर राना विजयी भएका छन् । उनीहरुले क्रमशः ५०३ र ५३६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नरसिं रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरे ।
महाधिवेशन प्रतिनिधिमा खुलातर्फ जितप्रकाश आले ५८०, धु्रव वाग्ले ५६१, राजेन्द्रकृष्ण श्रेष्ठ ५२९, झुलबहादुर आले ५२०, मिलन आले ४८८, किसान गुरुङ ४५९, महेश्वर भट्टराई ४४४, जीवन शर्मा ४३०, भक्त श्रेष्ठ ४१८ र कृष्ण गौतम ३९६ मतसहित विजयी भएका छन् । खुला महिलातर्फ माया रानाले ४५५, इन्दिरा सिग्देलले ३७६, तुलसीमाया अधिकारीले ३६१ र लक्ष्मी वाग्लेले ३६१ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा खसआर्य पुरुषतर्फ डिल्लीराम अधिकारी ४५५, खसआर्य महिलातर्फ लक्ष्मी सिग्देल ५०६, जनजाति पुरुषतर्फ मोहनकुमार श्रेष्ठ ४२१, भीमबहादुर थापा मगर ४४२, चामबहादुर थापा ४४३, जनजाति महिलातर्फ गिनुमाया थापा ५१०, नरमाया आले थापा ४९३ र पम्फा थापा ४५२ मत प्राप्त गरी विजयी भएका छन् ।
दलित पुरुषतर्फ रामकृष्ण विक ४६२, दलित महिलातर्फ दिव्यश्वरी विक ४६९ र अल्पसङ्ख्यक/अपाङ्गतर्फ गङ्गाराम कुमाल ४७७ मत प्राप्त गरी विजयी भएका छन् ।
सोमबार सम्पन्न मतदानमा तनहुँ क्षेत्र नं १ मा ९५४ मध्ये ९३१ मत तथा तनहुँ क्षेत्र नं २ मा ८६६ मध्ये ८६० मत खसेको निर्वाचन समितिले जनाएको छ । रासस

प्रतिक्रिया