बिहीबार, वैशाख १३, २०८१

राखेप पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको निधन

नेपालखोज २०७८ मंसिर ८ गते ८:४०

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष तथा बाँस्केटबल संघका पुर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको हाे ।

नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षिय शेर्पाको बुधबार बिहान निधन भएको हो । पछिल्लो केहि दिनयता उनको स्वास्थ्य अवस्था थप खराब रहेको थियो । उनको विशालनगरस्थित ओरिगन केयर होममा उपचार भइरहेको थियो ।

प्रतिक्रिया