सोमबार, मंसिर २९, २०८२

सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ मंसिर ८ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन ५ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३० रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया