मंगलबार, वैशाख ११, २०८१

गरिमा विकास बैंकको १५औं वार्षिकोत्सवका अवसरमा रक्तदान, एकैसाथ ५ वटा नयाँ शाखा सञ्चालन

नेपालखोज २०७८ मंसिर ८ गते ११:२७

काठमाडाैं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक सफलताको १४औं वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रमलाई बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिँदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनुवल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो ।

काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको थियो । उक्तकार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वार्षिकोत्सव कै अवसर पारेर बैंकले सोही दिन ५ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । निरन्तर शाखा तथा सेवाविस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले एकैसाथ ५ वटा शाखा कार्यालयहरुबाट कारोबार शुभारम्भ गरेको हो ।

बैंकले पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया) बाट एकसाथ कारोबार शुभारम्भ गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ कारोबार गर्दै ६७.१६ अर्ब रूपैयाँ निक्षेप संकलन र ६१.२१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ ।

करिब ६ लाख निक्षेप एवं कर्जाखाताहरु मार्फत ग्राहकमाझ संचालनमा रहेको बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आइरहेको बताइएको छ ।

प्रतिक्रिया