बिहीबार, चैत १५, २०८०

नेप्से ३२ अंकले बढ्दा एक अर्ब ४७ करोडको कारोबार

नेपालखोज २०८० जेठ ४ गते १५:१९

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २३ दशमलव ३९ अंकले बढेको नेप्से आज पुन ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ दशमलव ३२ अंकमा पुगेर रोकिएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २३ अंकले बढेर तीन सय ५८ दशमलव १८ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको ३२ हजार पाँच सय ७९ पटकको कारोबारमा ४४ लाख २२ हजार एक सय ८६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव २५ अंकले बढेर १२ सय २२ दशमलव ३९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि ८७ दशमलव ३१ अंकले बढेर तीन हजार पाँच सय सात दशमलव १८ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ३३ दशमलव ६२ अंकले बढेर १५ सय ८५ दशमलव ८६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६४ दशमलव ८१ अंकले बढेर २३ सय ६३ दशमलव ५२ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९४ दशमलव ४३ अंकले बढेर नौ हजार चार सय ९१ दशमलव ३७ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सचक पनि एक सय ४८ दशमलव ५९ अंकले बढेर आठ हजार सात सय ६२ दशमलव ९० अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ८१ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल प्रगति फण्डको प्रतियुनिट सेयर मुल्य तीन दशमलव १४ प्रतिशतले घटेर आठ रुपैंयाँ तीन पैसामा कारोबार भएको छ ।

नेपाल टेलिकमको भने आज प्रतिकित्ता सात सय ७९ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा आठ करोड ६३ लाख ४८ हजार चार सय ३६ रुपैंयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया