‘निजी क्षेत्रले आफ्नो स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला छ’

नेपालखोज २०७८ मंसिर ८ गते १४:४०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आफ्नो स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको र राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका हुन् ।

निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । अर्थमन्त्री शर्माले निजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताए । अर्थमन्त्री शर्माले निजी क्षेत्रका केहि व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए ।

देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजे जस्तो सहुलियत दिन नसकेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । यहाँले अब सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया