१.८२ अंकले नेप्से बढ्दा ४ अर्ब २२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ मंसिर ८ गते १५:२९

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ३२ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज भने एक दशमलव ८२ अंकले बढेर २७ सय ३४ दशमलव ९३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव २८ अंकले घटेर पाँच सय १५ दशमलव २० अंकमा पुगेको छ ।

२२७ कम्पनीको ५४ हजार सात सय तीनपटकको कारोबारमा ७४ लाख ४५ हजार दुई सय २७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब २१ करोड ७४ लाख १५ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुंदा तीनवटा समूहहरुको सूचक घटेर १० वटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव २२ अंकले घटेर १८ सय तीन दशमलव ९१ अंकमा झरेकामा जीवन बिमा र ट्रेडिङ समूहको सूचक पनि घटेको छ ।

विकास बैंक समूहको सूचक भने ४२ दशमलव ८१ अंकले बढेर ५३ सय तीन दशमलव ८५ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि ३६ दशमलव २२ अंकले बढेर १२ हजार दुई सय ८५ दशमलव २६ अंकमा चढेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर पाँच सय ६५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने दुई दशमलव ५५ प्रतिशतले घटेर आठ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १४ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड १५ लाख ५६ हजार आठ सय ३४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया