केपीको कुर्सी…!

ओलीले मलाई यस्तो कुर्सी चाहियो भन्नुहुन्छ कि उहाँका भक्तहरूले उहाँलाई यस्तोमा राख्ने भनेर त्यस्तो कुर्सी खोज्छन् ? उहाँको कुर्सी बालुवाटारदेखि नै सधैं युनिक देखिन्छ । छुद्र टिप्पणी नगर्नु होला, थाहा हुनेले मात्रै जानकारी दिनु होला !
यो युवा पत्रकार युवराज आचार्यको फेसबुक स्टटस हो ।
अब हेरौं यसमा आएका कमेन्ट जस्ताको तस्तै :
नेत्र कार्की
चाहना नभए त भक्तले जुटाउने प्रयास गर्न सक्दैनन । यो मिलन विन्दु हो ।
गंगासागर ढकाल
भक्तले मात्र चाहेर गरिएको भए उनले पछिपछि नराख्न भन्थे होलान् । यसमा उनैको चाहनाले हो भन्ने नै देखिन्छ । यति त राजाहरूले पनि गर्दैनथे ।
इन्द्र अधिकारी
मुख फोरेर नभन्या हुन सक्छन्, तर उनको शोख र सोच बुझेर खुसी पार्ने प्रयास भएको हुन सक्छ ।
मनसाय बुझेर चाकडीमा हाजिर हुने राणाकालीन रैति प्रथा कहाँ गाको छ र ?
सुनीलजित श्रेष्ठ
बालाई आफू अरुभन्दा फरक हुँ भन्ने जो देखाउनु छ ।
भरत पोखरेल
नत्र त त्यो पर्दैन ! भन्नुपर्ने हो !
रघु घिमिरे
भक्तहरूले यस्तो नगरुम् हजुर, समाजमा अलि कस्तो-कस्तो कुरा भैरा छ भन्दा पनी उहाँले आफैं यस्तो कुर्चीको अपेक्षा गर्नु हुन्छ रे भन्ने कुरा ह्वाँ कै एक भक्तले सुनाएका थिए !
बाबुराम घिमिरे
श्री ३ चन्द्र जत्तिकै देखाउने रहर फतौरे बालाई नै हो । भक्त त उल्लु जतासुकै सुइ सुइ !
सन्जीव कार्की
उहाँको राजसी शैली र विशेष कुर्सी आकर्षण जनवादी केन्द्रीयता कै असली रुप हो । देवता खुशी पार्न पशुपतिमा विशेष पूजा पनि गरिन्छ ।
पशुपति पुरी
भोक, रहर, मोह, अभिलाषा,…!
सुढ
पर-जा तन्त्रमा आफूलाई मन परेको कुर्सीमा (पद होइन ) पनि बस्न नपाउँनु ? कति खेदो गरेको भनेर भन्लान् है ।
साँचो अर्थमा यो मानसिकताको कुरा हो, सामन्ती मानसिकता, दास मनोवृत्ति, प्रदर्शनको संस्कार आदि इत्यादिले यस्तै कुरालाई मलजल गर्छ, कुनै ठोस र उपलब्धिमूलक कुराको तुलनामा ।
मदन रिजाल
भक्तहरुले नै होला हौ सर ।
चन्द्रकान्त कर्ण
कुर्सीमुखी देशमा !! नचाहेको को हो ??

प्रतिक्रिया