राष्ट्र बैंकले भोलि २० अर्बको रिपो जारी गर्दै
नेपालखोज
२०७८ मंसिर ८ गते १८:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्यालाई नियन्त्रणमा राख्न भोलि अल्पकालीन अवधि अर्थात १४ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।
जारी मिति यही मंसिर ९ गते तोकिएको रिपोको परिपक्व हुने मिति भने १४ दिन अर्थात यही मंसिर २३ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भोलि दिउँसो २ बजेसम्म बोलपत्र पेस गर्नुपर्ने छ ।

सम्बन्धित

प्रतिक्रिया